चितवन । श्रीमतीलाई आगो लगाएर ज्यान मार्ने उद्योगका फरार प्रतिवादीलाई चितवन प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय, चितवनका अनुसार भरतपुर महानगरपालिका वडा नम्बर ११ भोजाडमा रबि फर्निचर उद्योग सञ्चालन गरी बसेका बर्ष ३९ को रबि भन्ने तुल बहादुर बञ्जारेले अर्घाखाँची जिल्लामा आफनो श्रीमतीलाई आगो लगाएकोले ज्यान मार्ने उद्योगमा अर्घाखांँची जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो ।उनलाई शुक्रबार बेलुका ८ बजे भोजाडबाट पक्राउ गरी अर्घाखांँची प्रहरीलाई जिम्मा दिएर पठाईएको चितवन प्रहरीले जनाएको छ ।