चितवन । नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलको वडा एमालेले गुमाएको छ । भरतपुर १० मा एमालेका उपाध्यक्ष बादलले भोट हालेका थिए ।
भरतपुर १० मा नेपाली कांग्रेसले वडाध्यक्षमा विजय हासिल गरेको छ । गठबन्धनबाट नेपाली कांग्रेसका परमेश्वर खनालले जित हासिल गरेका छन् । एमालेका भक्ति प्रसाद गौतमलाई ३२७ मतले खनालले पराजित गरेका हुन् । खनालले २४२८ मत र गौतमले २१०१ मत प्राप्त ल्याएका छन् ।