चितवन । खैरहनी नगरपालिकाको मेयर नेपाली कांग्रेसले जितेको छ । उपमेयर एमालेले जितेको छ । मेयरमा शशी खनियाँले १४ हजार ५४५ मत ल्याएर विजयी भए ।
उनको निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका लालमणि चौधरीले १३ हजार ६९५ मत ल्याए । उपप्रमुखमा नेकपा एमालेकी कविता उप्रेती १४ हजार १६४ मत ल्याएर निर्वाचित भएकी छन् । उनको निकटतम प्रतिद्वन्द्वी लक्ष्मी ढकालले ९ हजार ६७० मत ल्याएकी थिइन् ।
खैरहनी वडा नम्बर १२ मा नेपाली कांग्रेस र १३ मा नेकपा एमालेका उमेदवार विजयी भएका छन् । १२ मा कांग्रेसबाट वडा अध्यक्षका उम्मेदवार केदार पन्तसहितको प्यानल विजयी भएको छ । पन्तले नेकपा एमालेका उम्मेदवार कृष्णलाल चौधरीलाई १०१ मतले पछि पारेका हुन् ।
पन्तले १ हजार १३७ मत ल्याउँदा चौधरीले १ हजार ३६ मत ल्याए । खैरहनी १३ मा नेकपा एमालेका वडाध्यक्षका उमेदवार कुलप्रसाद भुसालले ११४० मत ल्याएर निर्वाचित भइन् । नेपाली कांग्रेस सानोकाजी कुँवरले ९२४ मत ल्याए ।

