चितवन । भरतपुर महानगरपालिकामा रोकिएको मतगणना पुनः सुरु भएको छ । सर्वदलीय बैठकमा सहमति भएपछि भरतपुर महानगरको मतगणना पुनः सुरु गरिएको हो ।
सर्वदलीय बैठकमा मतगणनामा कमजोरी गर्ने कर्मचारीले गल्ती स्वीकार गर्ने र ती कर्मचारीलाई गणनामा सहभागी नगराइने सहमति भएको थियो । त्यससँगै भरतपुरस्थित अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्रमा मतगणना पुनः सुरु भएको हो ।

