रत्ननगर। रत्ननगर नगरपालिकाबाट अचेत अवस्थामा रहेकी एक महिलाको उद्धार गरिएको छ ।
रत्ननगर नगरपालिका वडा नम्बर ११ सितलटोल स्थित मणिखोला गेट नजिकै अचेत अवस्थामा रहेकीअन्दाजी ३० बर्षकी मकवानपुर , मनहरीकी सानुमाया तामाङ्गलाई उद्धार गरिएको हो । प्रहरीका अनुसार तामाङ्गलाई उपचारको लागि बकुलहर अस्पताल, टाँडी लगेको उपचार हुन नसकी थप उपचारको लागि भरतपुर अस्पताल भरतपुर ल्याईदै गरेको अवस्थामा बाटोमा होस आएको थियो । हाल उनी सामान्य अवस्थामा भरतपुर अस्पतालमा रहेकी छिन । प्रहरीले उनको घरपरिवार तथा आफन्तसंग सम्पर्क गर्ने कार्य गरिरहेको जनाएको छ ।
अचेत अवस्थामा रहेकी एक महिलाको उद्धार
अचेत अवस्थामा रहेकी एक महिलाको उद्धार

तपाईको प्रतिक्रिया
थप शिर्षकहरु