चितवन । मकवानपुरमा ५७ किलो ९सय ग्राम गांँजा, बोलेरो पिकअप सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा राप्ती नगरपालिकामा वडा नम्बर ६ को संजय चौधरी र सोही गाडीमा सवार सोही ठाउंँका लालजी साह रहेका छन ।
जिल्ला प्रहरी कार्यालय, मकवानपुरका अनुसार बुधबार बेलुका १७ः५० बजेको समयमा प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरी टोलीले हेटौडा उ.म.न.पा. वडा नम्बर १५ पिपल चौतरा पुर्व पश्चिम सडक खण्ड स्थित चितवन बाट बारा तर्फ जादै गरेको ना. ४ च ५०१५ नं. को बोलेरो पिकअप गाडीलाई रोकी चेकजाँच गर्ने क्रममा उक्त परिमाणमा गांँजा भेटिएको हो । गाडीको पछाडीको भागमा फल्स बटम बनाई लुकाई छिपाई ल्याएको ५७ किलो ९०० ग्राम लागुऔषध गाँजा फेला परेको हो उनीहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।