चितवन । राप्तीमा अहिले भर्खरैबाट मत गणना शुरु भएको छ । भण्डारा स्थित भण्डारा माविमा अहिले मतगणना थालनी भएको हो । शुरूवातमा राप्ती वडा नं ६ बाट मत गणना थालनी गरिएको छ । सो वडामा ३ हजार ४ सय ८२ मत खसेको थियो । राप्तीमा १३ वटा वडा रहेका छन । राप्तीमा कुल ४० हजार ६ सय ४९ मतदाता रहेकोमा कुल २९ हजार ७ सय ३७ मत खसेको छ । कुल मतको ७३ दशमलव १६ प्रतिशत मत खसेको निर्वाचन अधिकृतको कार्यालय, राप्ती नगरपालिकाका निर्वाचन अधिकृत श्याम प्रसाद दाहालले बताए । प्रत्येक दलबाट २ जना मात्रै प्रवेश दिएको छ । पत्रकारलाई भने गेटबाट समेत प्रवेश गर्न दिएको छैन ।
चितवनको राप्तीमा मतगणना सुरु, वडा नम्बर ६ बाट मतगणना
चितवनको राप्तीमा मतगणना सुरु, वडा नम्बर ६ बाट मतगणना
तपाईको प्रतिक्रिया
थप शिर्षकहरु

