चितवन । नारायणगढ–मुग्लिन सडक खण्ड दुईतर्फी नै सञ्चालनमा आएको छ ।सडक खण्डको सेतीदोभानमा खसेको पहिरो पन्छाएर सकिएपछि आज दिउँसो ३ः१० बजेदेखी सडक दुईतर्फी नै सञ्चालनमा आएको हो ।
केहि दिनदेखि सडक खण्डमा निरन्तर रुपमा पहिरो खसेपछि सवारी आवागमन प्रभावित हुँदै आएको छ । लेन अनुशासन र ट्राफिक संकेतको पूर्ण पालना गरी सवारी साधन चलाउन जिल्ला प्रहरी कार्यालय चितवनले आग्रह गरेको छ ।

