एजेन्सी। बलिउड अभिनेता दिलिप कुमारको निधन भएको छ ।बुधवार बिहान ९८ वर्षको उमेरका दिलिपको निधन भएको हो ।
मुम्बईको हिन्दुजा अस्पतालमा उपचारका क्रममा दिलिपको निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
दिलिप कुमारलाई पछिल्लो १ महिनामा २ पल्ट अस्पताल भर्ना गरिएको थियो । चलचित्र ज्वारभाटाबाट अभिनय यात्रा शुरू गरेका दिलिपले शहीद, मेला, नदिया, बाबुल, फुटपाथ, देवदास, नयाँ दौर, मुगल–ए–आजम, गंगा–जमुना, राम और श्याम, कर्मामा अभिनय गरेका थिए ।