चितवन । मंगलबार सांँझ राप्तीमा सांँढे सातबजे देखि लगाईएको कफूर्य आज पुन थपिन सक्ने सम्भावना बढेको पाईएको छ । सुजिता मृत्यु प्रकरणका कारण थप हिंसात्मक गतिविधि नहोस भन्नाका लागि अवस्था हेरेर निर्णय हुन सक्ने जिल्ला प्रशासनले कार्यालय, चितवनले बताएको छ । प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले अवस्था हेरेर कफूर्यको समय थपिन सक्ने बताए । ‘ अहिले अवस्था ठीक छ । शान्त छ उनले भने बेलुका अवस्था हेरेर, विश्लेषण गरेर उपयुक्त निर्णय हुन्छ ।’ हाल पूर्व पश्चिम राजमार्गको राप्ती नगरपालिका–१ लोथरपुलदेखि राप्ती नगरपालिका–४ डढुवासम्मको राजमार्गको दाँयाबाँया पाँच सय मिटर क्षेत्रमा कर्फ्यू आदेश जारी गरिएको छ । मंगलबार साढे ७ बजेबाट जारी गरिएको कर्फ्यू बुधबार साँझ साढे ७ बजेसम्म रहने छ ।
सुजिता मृत्यु प्रकरणले मंगलबार उग्ररुप लिएर सुरक्षाकर्मी माथि ढुंगामुढा प्रहार भएको थियो । आन्दोलन र प्रर्दशन नियन्त्रण बाहिर गएपछि प्रहरीले दर्जनौं सेल ग्यांँस र हवाई फायर भएको थियो ।
प्रर्दशनका क्रममा ससस्त्रका डिएसपी सहित १३ जना प्रहरी घाईते भएका थिए । प्रर्दशनका क्रममा सर्वसाधारण के कति घाइते भएका छन यस बिषयमा भने औपचारिक जानकारी नआएको लामिछानेको भनाई छ । कति सेल अश्रु ग्यांँस र हवाई फायर भयो भन्ने बिषयमा भने पछि जानकारी दिने उनले बताए । सुजिता हराएको दिनदेखि प्रहरीले सक्रियता र चासो नदेखाएको र उनको हत्या भएको भन्दै स्थानीय आक्रोशित भएका छन । उनीहरुले सुजिताको न्याय र घटनाको सत्यतथ्य घटनाको माग गर्दै प्रर्दशन गरेका हुन् ।
यसैबीच राप्तीमा कफूर्य लागेपनि आज दिउसो भरतपुरको चौवीसकोठीमा दिउसो १ बजे महिला अधिकारकर्मी, महिला सञ्जाल लगायतले सुजिताको न्याय र अर्की हराइरहेकी गैंडाकोटकी विना सापकोटाको खोजीको लागि दबाबमुलक प्रर्दशन गर्ने भएका छन ।