चितवन । पुर्व पश्चिम राजमार्ग अन्तर्गत टिकौली जंगलमा गाडीले ठक्कर दिंँदा बयस्क जरायोको मृत्यु भएको छ । टिकौली जंगलमा नम्वर नखुलेको सवारी साधनले पोथी जरायोलाई ठक्कर दिँदा मृत्यु भएको हो । जरायोले बाटो काट्न खोज्नेक्रमममा गाडीले ठक्कर दिएको हुन सक्ने प्रहरीको अनुमान छ । ठक्कर दिने सवारी साधनको खोजी कार्य भई रहेको छ । मृत्यु भएको जरायोको मुचुल्का गरी बन कार्यालयलाई जिम्मा लगाईएको प्रहरीले जनाएको छ ।।
नम्बर नखुलेको गाडीले ठक्कर दिंँदा टिकौलीमा जरायोको मृत्यु
नम्बर नखुलेको गाडीले ठक्कर दिंँदा टिकौलीमा जरायोको मृत्यु
तपाईको प्रतिक्रिया
थप शिर्षकहरु