चितवन । सुजिता मृत्यु प्रकरणले उग्ररुप लिएपछि चितवन प्रशासनले राप्ती नगरपालिकामा कफ्र्यू लगाउने तयारी गरेको छ । प्रहरीले सुजिता हराएको बिषयमा सक्रियता नदेखाएको र घटनाको सत्यतथ्य माग गर्दै दिनभर जसो प्रर्दशन गरेका थिए । प्रर्दशनकारीले टायर बालेर राजमार्ग अवरुद्ध पारेपछि र सुरक्षाकर्मीमाथि ढुंगामुढा गरेपछि हवाई फायर र अश्रुग्यांँस प्रहार गरेका थिए । स्थानीय र प्रहरीको झडपमा प्रहरीहरु घाइते भएको बताईएको । स्थिति अनियन्त्रित भएपछि सांँझ सांँढे ७ बजेबाट राप्ती नगरपालिका क्षेत्र भित्र कफ्र्यू लगाउने तयारी गरिएको प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले जानकारी दिए । हाल उक्त क्षेत्र तनावग्रस्त रहेको छ ।
सुजिता मृत्यु प्रकरण स्थिति नियन्त्रणमा नआएपछि राप्ती नगरपालिकामा कफ्र्यू लगाउने तयारी
सुजिता मृत्यु प्रकरण स्थिति नियन्त्रणमा नआएपछि राप्ती नगरपालिकामा कफ्र्यू लगाउने तयारी
तपाईको प्रतिक्रिया
थप शिर्षकहरु