चितवन । मृत फेला परेकी राप्ती नगरपालिका वडा नम्बर ३ की सुजिता भण्डारीको मोबाइल फोन भेटिएको छ । प्रहरीका अनुसार उनको शव भेटिएको स्थानको नजिकैे मोबाइल भेटिएको हो । जिल्ला प्रहरी कार्यालय , चितवनका प्रवत्ता प्रहरी नायब उपरीक्षक सूर्य बहादुर थापाले मोबाइल दिउसो पौने २ बजेतिर भेटिएको जानकारी दिए । ‘मोबाईल त भेटियो, अब चप्पल खोज्दैछौं ।’ थापाले भने ।उनका अनुसार मृतकले प्रयोग गरेका सामान भेटिएपछि अनुसन्धानमा सहज हुनेछ । ‘बिषको बोतल, पैसा,मोबाइल, झोला, भेटियो उनले भने , अब चप्पल भेटियो भने मुख्य घटनास्थल यही ठाउंँ भन्ने अनुमान गर्न सकिन्छ ।’ कल डिटेल रेर्कडबाट घटनाको अनुसन्धान भईरहेकोले मोबाइलबाट थप तथ्य के पत्ता लाग्न सक्छ त्यो बिषयमा प्रहरीले अनुसन्धान गरिने बताएको छ ।
शव फेला परेको स्थानभन्दा २० मिटर पर परेको हो । । मोबाइल मेमोरी कार्ड फेला परेको तर सिमकार्ड भने नरहेको प्रहरीले जनाएको छ । १० दिनपछि शव सडेको अवस्थामा भेटिएपछि सोमबार राती शबको परीक्षणको लागि काठमाडौं पठाईएको छ । घटनाको सत्यतथ्य पत्ता लगाउन केन्द्रीय अनुसन्धान व्यूरो र चितवनका प्रहरी अधिकारीहरु लागिपरेका छन ।