चितवन । दैनिकजसो पहिरो जांँदै पन्छाउंँदै सञ्चालनमा आएको नारायणगढ मुग्लिन सडकखण्ड पूर्ण रुपमा बन्द भएको छ । भरतपुर महानगरपालिका वडा नम्बर २९ स्थित सेतीदोभानमा गएराती ९ बजे ठूलो पहिरो गएपछि पूर्ण रुपमा अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय , चितवनले जनाएको छ ।
कार्यालयका प्रमुख भगवानराज थापाले सोमबार राती ९ बजेसम्म एकतर्फी रुपमा सवारी आगमन चलेपनि त्यसपछि एक्कासी पहिरो जांँदा सडक अवरुद्ध भएको जानकारी दिनुभयो । ‘पानी र पहिरो एक्कासी आयो , बाटो सबै ढाकिहाल्यो । ’थापाले भन्नुभयो । रातीको समयमा पहिरो पन्छाउन नसकिएपनि बिहानबाट पहिरो पन्छाउनकार्य भईरहेको र थप पांँचघण्टा लाग्ने उनको भनाई छ । ‘पहिरो ठूलो छ , फेरी पहिरो खसेन भने करीब पांँचघण्टामा खुल्ला ।’ उहांँले भन्नुभयो । पहिरो गएपछि काठमाडौं जाने सवारीसाधन जुगेडीमा रोकिएका छन भने काठमाडौं र पोखराबाट आउने सवारीसाधन मुग्लिनमा रोकिएका छन ।
सेती दोभानमा पुनः ठूलो पहिरो : गएराती देखि नारायणगढ मुग्लिनसडक अवरुद्ध , खुल्न थप पांँच घण्टा लाग्ने
सेती दोभानमा पुनः ठूलो पहिरो : गएराती देखि नारायणगढ मुग्लिनसडक अवरुद्ध , खुल्न थप पांँच घण्टा लाग्ने
तपाईको प्रतिक्रिया
थप शिर्षकहरु