भरतपुर । जिल्ला प्रहरी कार्यालय चितवनले सोमबार माडी नगरपालिका-९ घर भई भरतपुर-१० स्थित चौबीसकोठीमा अपलत्र परेका ८० वर्षीय बीरसिंह दमाई उद्धार गरी आफन्तको जिम्मा लगाएको छ ।
भरतपुर-१० मा वृद्ध अलपत्र परेपछि नातामा ज्वाईँ पर्ने रत्ननगर-१० बस्ने वर्ष ४९ का कुलबहादुर दमाईको जिम्मा लगाई पठाएको प्रहरीले जनाएको छ ।