चितवन । असार ११गतेदेखि हराईरहेकी राप्ती नगरपालिका वडा नम्बर ३ की सुजिता भण्डारीको शव आइतबार सांँझ फेलापरेपछि परीक्षणको लागि काठमाडौ पठाईएको छ । आईतबार स्थानीय ब्रह्मस्थाानी सामुदायिक वनमा मृत फेला परेकी भण्डारीको विभत्स रुपमा शब सडेगलेको फेला परेको थियो । १० दिनसम्म पनि उनको अवस्थाको बारे प्रहरीले चासो र सक्रिय नभएको भन्दै स्थानीय दिनभर आन्दोलित बने । आज दिनभर राप्ती नगरपालिका अन्तर्गत पर्ने पूर्व पश्चिम राजमार्ग तनाबग्रस्त बन्यो । सुरक्षा निकाय, स्थानीय प्रशासन, स्थानीय तह र आफन्तजनको छलफल पश्चात सहमति जुटेपछि शब परीक्षणको लागि काठमाडौं पठाउन बाटो खुलेको थियो । उनको शब सोमबार राती सांँढे १० बजे पठाईएको हो । सहमति भएपछि राजमार्ग सांँझदेखि सञ्चालनमा आएको छ ।
जिल्ला प्रहरी कार्यालय, चितवनका प्रहरी प्रमुख प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारीले दोषीलाई कारवाहीको दायरामा ल्याउने तथा घटनाको सत्यतथ्य यथाशिघ्र पत्ता लगाउने प्रतिबद्धता व्यक्त गरेपछि शब उठाउन दिएको जानकारी दिए । आजनै भण्डारीको शब शब बहानबाट काठमाडौंको टिचिङ्ग अस्पताल लगिदैछ । सब सडेगलेको र थप परीक्षणको लागि भरतपुरमा उच्च प्रविधिको ल्याब नभएकोले काठमाडौं पठाउन लागिएको उनको भनाई छ । ‘सडेगलेको शबबाट यहांँ प्रमाण जुटाउन गाह्रो हुन्छ उनले भने, त्यहांँ शब परीक्षण सम्बन्धी बिशेषज्ञ पनि हुनुहुन्छ ।’ शब सुरक्षाकर्मी र आफन्तको साथमा काठमाडौं पठाइन लागिएको उनले बताए । शब परीक्षणको लागि काठमाडौंको लागि पठाईएपनि परीक्षणको रिपोर्टको आधारमा गहिराईसंँग पुगेर चितवन प्रहरीलेनै अनुसन्धान गर्ने उनको भनाई छ । ‘हामीले अनुसन्धान शुरु गरेका छौं । घटनास्थललाई केन्द्र बनाएर अनुसन्धानको दायरा फराकिलो हुंँदैछ । छिट्टैनै दोषी पत्ता लाग्ला ।’ उनले भने । प्रहरीले घटनाको बारेमा सुक्ष्म अनुसन्धान गरेको भन्दै उनले अहिलेनै हत्या भएको हो वा होइन भन्ने बिषय एकीन नभइसकेको बताए ।
‘परीक्षण रिपोर्ट आओस ,अनुसन्धानलाई कुन ढंगबाट गर्ने भन्ने माइन्ड मेकअप हुन्छ ।’ अधिकारीले भने । घटनाको सत्यतथ्य पत्ता लगाई दोषीलाई छिटोभन्दा छिटो कानुनी कठघरामा ल्याइने उनले प्रतिबद्धता दोहोर्याए । घटनाको सुक्ष्म अध्ययन गर्नका लागि केन्द्रीय अनुसन्धान व्युरो टोली पनि आएको थियो ।
घटना भएको ११ दिनसम्म पनि प्रहरीले अनुसन्धान र खोजी गर्न निस्क्रियता रहेकोे भन्दै दिनभर स्थानीहरु आक्रोशित बन्दै राजमार्ग ठप्प पारेका थिए ।
असार ११ गते बिहान ६ बजे साथीको घर जाने भनेर हिँडेकी सुजिता सोही दिनदेखि बेपत्ता भएकी थिइन् । उनले सोही दिन १२ बजे दिदीलाई फोन गरेर अपहरणमा परेको बताएकी परिवारजनको भनाई छ ।