भरतपुर। राप्ती नगरपालिका–३ की सुजिता भण्डारीको शव भेटिएपछि आज दिनभर अवरुद्ध रहेको राजमार्ग खुलेको छ।
स्थानीय र चितवनका प्रमुख जिल्ला अधिकारीसहित सरोकारवाला बीच भएको वार्तापछि बिहान ९ बजेदेखि ४ बजेसम्म अवरुद्ध भएको राजमार्ग सञ्चालनमा आएको हो। स्थानीय र सरोकारवाला बीच मृतकको शव पोस्टमाटम गर्ने, घटनाको निष्पक्ष छानविन गर्ने र परिवारलाई राहतका लागि सरकारसँग सिफारिस गर्ने दुई बुँदे सहमति सहमति भएको छ ।
स्थानीयहरुले राजमार्ग अवरुद्ध गराएपछि चितवनका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछाने सो क्षेत्र पुगेका थिए । प्रजिअ लामिछाने, चितवन प्रहरी प्रमुख एवम् प्रहरी उपरीक्षक ओम अधिकारी र राप्ती नगरपालिकाकी प्रमुख प्रभा बरालसहितको टोलीले स्थानीयसँग वार्ता गरेको हो । सहमति पछि प्रर्दशन स्थल अहिले सामान्य बनेको छ ।