चितवन । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले माओवादीसँग सहकार्य गर्दै एमालेसँग प्रतिस्पर्धा गर्ने बताएका छन् ।
भरतपुरमा गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै पौडेलले नेकपा एमालेसँग कांग्रेसको प्रतिस्पर्धा भएपनि नेकपा माओवादीसँग प्रतिस्पर्धा नहुने र सहकार्य हुने बताए । ‘साथीहरूले बुझ्नुपर्यो एमाले हाम्रो प्रतिद्वन्द्वी हो, माओवादी होइन । माओवादीसँग सहकार्य गर्नु हाम्रो आवश्यकता हो । एमालेसँग हामीले नै प्रतिस्पर्धा गर्नुपर्छ’, पौडेलले भने ।
‘भोलि मिलेरै सरकार बनाउनुछ भने आज मिलेरै स्थानीय सरकार किन नबनाउने ? सहकार्यको अभ्यास गर्नु नै आजको आवश्यकता हो’, पौडेलले भने ।

