चितवन । सत्तारुढ गठबन्धनको चितवनमा चुनावी सभा हुन लागेको छ । यतिबेला भरतपुरको केन्द्रीय बसपार्कमा विभिन्न ठाउँबाट सत्तारुढ गठबन्धनका कार्यकर्ताहरु आइरहेका छन् । सभामा संवोधन गर्नको लागि हिजै प्रधानमन्त्री शेरबहादुर देउवा आइसकेका छन् भने नेकपा माआवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल आइसकेका छन् ।





