राप्ती । असार ११ गते अपहरणमा परेर हराइरहेकी सुजीता भण्डारीको आइतबार स्थानीय सामुदायिक वनमा शब भेटिएपछि स्थानीय बासी आक्रोशित भएका छन । आक्रोशित स्थानीय कारण राप्ती नगरपालिका तनाव ग्रस्त भएको छ । उनीहरुले ‘मरेपछि को प्रहरी चाहिंँदैन, ‘सुजीतालाई न्याय दे न्याय दे’ । भनेर प्रदर्शन गरेका छन । सयौंको संख्यामा सुरक्षाकर्मी परिचालन गरिएका छन । भने पुर्वपश्चिम राजमार्ग अवरुद्ध भएको छ । घटनाको सुक्ष्म अध्ययन गर्न प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोको टीम चितवन आईपुगेको छ । घटनास्थललाई सील गरिएको छ । उनको शबलाई शव परीक्षणको लागि भरतपुर अस्पताल ल्याउन समेत स्थानीयले अवरोध गरेका छन । घटना भएको ११ दिनसम्म पनि प्रहरीले दोषी पत्ता लगाउन नसकेको भन्दै उनीहरु आक्रोशित बनेका हुन ।
मृत फेला परेकी राप्तीकी सुजीता भण्डारीको हत्यारा पत्ता लगाउन प्रदर्शन , स्थानीय आक्रोशित ,राप्ती तनावग्रस्त
मृत फेला परेकी राप्तीकी सुजीता भण्डारीको हत्यारा पत्ता लगाउन प्रदर्शन , स्थानीय आक्रोशित ,राप्ती तनावग्रस्त
तपाईको प्रतिक्रिया
थप शिर्षकहरु