काठमाडौं । मनसुन सक्रिय भएसँगै वर्षा र बाढी–पहिरोले देशका विभिन्न ठाउँमा सडकखण्ड अवरुद्ध भएको छ ।
सडक विभागका अनुसार सोमबार बिहान ७ बजेसम्म १५ स्थानमा राजमार्ग तथा सडक अवरुद्ध छ । यस्तै, ५७ स्थानमा सडक एकतर्फी सञ्चालनमा छ ।
विभागका अनुसार मनाङमा मात्रै चार स्थानमा सडक अवरुद्ध छ । लमजुङमा तीन, सिन्धुपाल्चोक, चितवन र मकवानपुरका दुई/दुई स्थानमा सडक अवरुद्ध छ । रसुवा र तनहुँका एक/एक स्थानमा सडक अवरुद्ध छ ।