चितवन । भरतपुर महानगरपालिका वडा नम्बर २९ स्थित सेती दोभानमा पहिरो खसेपछी नारायणगढ मुग्लिन सडकखण्ड पुनःअबरुद्ध भएको छ । उक्त स्थानमा लगातार पहिरो गएपनि सफा गर्दै आंशिक रुपमा सञ्चालनमा आएको थियो ढुंगा र माटो सहितको ठूलो पहिरो खसेपछि सडक पुनःअबरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय, चितवनले जनाएको छ ।
जेसिबी र लोडरले सफा गर्दापनि लगातार पहिरो खसेपछि सडक संचालन गर्न नसकिएको हो । हाल सवारी साधन दुइतर्फ रोकिएका छन ।बिहीबार साँझ ४ः४५ बजे ठुला ठुला ढुङ्गा सहितको सुक्खा पहिरो खसेपछी सडक पटक पटक अबरुद्ध हुँदै आएको छ ।

