चितवन । भरतपुरमा ट्रकले दुईवटा स्कुटरलाई ठक्कर दिंदा एकजनाको मृत्यु भएको छ भने, तीनजना घाईते भएका छन । दुर्घटनामा देवघाट गाउंँपालिका वडा नम्बर १ का चीनिमाया पौडेलको घटनास्थलमै मृत्यु भएको हो । अन्य तीन जना भने घाईते भएका छन । घाइते हुनेमा भरतपुर महानगरपालिका वडा नम्बर ११ का पुष्पराज बास्तोला, तनहुं देवघाट गाउंँपालिका वडा नम्बर .५ का तिल बहादुर गुरुङ र सोही ठाउंँ बस्ने सिरु गुरुङ रहेकी छिन । ती मध्ये बास्तोलाको अवस्था गम्भिर रहेको छ ।
जिल्ला प्रहरी कार्यालय, चितवनका अनुसार आज अपरान्ह २ बजेर ५५ मिनेट जांँदा भरतपुर महा नगरपालिका, वडा नम्बर १आँपटारी स्थित पानी ट्याङ्की ओरालोमा नारायणगढबाट लमजुङतर्फ गईरहेको ग१ख ९७५६ नम्बरको (फलाम लोड) ट्रकले बिपरीत दिशाबाट आई रहेको प्रदेश ३–००३प ३५४३ नम्बरको स्कुटर र प्रदेश २–०३–००७ प ७१९६ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो ।
बागमती प्रदेश ३–००३प ३५४३ नम्बरको स्कुटर पछाडी सवार पौडेलको घट्ना स्थलमा नै मृत्यु भएको र उनको शव भरतपुर अस्पताल भरतपुरमा राखिएको कार्यालयका प्रवक्ता सूर्य थापाले जानकारी दिए ।बागमती प्रदेश३–००३प ३५४३ नम्बरको स्कुटर चालक बास्तोला गम्भिर घाइते भएका हुन् । प्रदेश२–०३–००७ प ७१९६ नम्बरको स्कुटर चालक तिल बहादुर गुरुङ्ग र प्रदेश२–०३–००७ प ७१९६ नम्बरको स्कुटर पछाडी सवार सिरु गुरुङ, सामान्य घाइते भएका छन । उनीहरुको पुरानो मेडिकल कलेजमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।