दाङ । दाङमा एक १० वर्षीय बालकको खोलामा डुबेर मृत्यु भएको छ ।
लमही नगरपालिका-८ भौका बस्ने छोटु लाल चौधरीको १० वर्षीय छोरा अमित चौधरीको खोलामा डुबेर शनिबार दिउँसो मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय दाङका अनुसार सोही ठाउँस्थित भौका खोलामा नुहाउने क्रममा डुबेर अशक्त भएका उनको लमही अस्पताल दाङमा उपचारको क्रममा मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।