चितवन । नारायणगढ–मुग्लिन सडकखण्ड आंशिक रुपमा दुईतर्फी सञ्चालनमा आएको छ । सेतीदोभानमा पहिरो खसेपछि गएराति ९ बजेदेखि सडक अवरुद्ध भएको थियो । झण्डै १२ घण्टापछि बिहान एकतर्फी सञ्चालनमा ल्याईएपनि हाल दुईतर्फी सञ्चालनमा ल्याईएको जिल्ला ट्राफिक प्रहरी कार्यालय, चितवनका प्रमुख भगवाराज थापाले जानकारी दिए । ‘यातायात व्यवस्थालाई सहज बनाउन डेढ घण्टा अन्तरमा सवारी सडकमा रोक्ने र सवारीसाधनलाई गन्तव्य तर्फ पठाउने गरिएको छ । पहिरो अहिले पनि झरिरहेको छ , हामीले सफा गर्दै , सवारीसाधन पठाउंँदै गरेका छौं ।’ उनले भने ।विगत ४ दिनदेखि यस सडकखण्डमा ७ वटा भन्दा बढी स्थानमा बाटो अवरुद्ध हुने गरी पहिरो खस्दै आएको छ ।
नारायणगढ–मुग्लिन सडकखण्ड आंशिक रुपमा दुईतर्फी सञ्चालनमा
नारायणगढ–मुग्लिन सडकखण्ड आंशिक रुपमा दुईतर्फी सञ्चालनमा
तपाईको प्रतिक्रिया
थप शिर्षकहरु