चितवन । शनिबार एकतर्फी खुलेको नारायणगढ–मुग्लिन सडक खण्डमा पुनः पहिरो खस्दा सडक अबरुद्ध भएको छ । भरतपुर महानगरपालिका वडा नम्बर २९ सेती दोभान भन्ने स्थानमा गएराती ८ वजेदेखि पहिरो खस्न शुरु भएको हो ।
राती पहिरो खसेसंगै सडक दुबै तर्फी अबरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ । ‘अहिलेपनि हामी तल पहिरो पन्छाउंँदै छौं । माथिबाट पहिरो खसेको खस्यै छ ।’ ट्राफिक प्रहरी प्रमुख भगवानराज थापाले भने । पहिरो पन्छाउन तीनवटा लोडर, एक जेसिबी र एक ब्रेकर प्रयोग गरिएको छ ।
पहिरो पन्छाउन काम बिहानदेखि गरिएको थियो । अवरुद्ध भएको सडक कहिले खुल्छ भन्ने बारे यसै भन्न नसकिने थापाले बताए । ‘सडक त सफा गरिरहेका छौं उनले भने , माथिबाट बग्न बन्द भयो भने चांँडै खुल्छ ।’ हाल सवारीको चाप बढेर नारायणगढ तर्फबाट पोखरावसपार्क र काठमाडौतर्फ कुरीनघाटसम्म लाम लागेको उनले जानकारी दिए ।