नवलपरासी । नवलपरासी पूर्व देवचुलीबाट आज (शनिबार)४३ हजार बढी नगदसहित ११ जना जुवाडे पक्राउ परेका छन । पक्राउ पर्नेमा देवचुली नगरपालिका वडा नम्बर १७ कुजौलीका खोज वहादुर पञ्जीयार सोही ठाउंँ बस्ने भुपेन्द्र पन्जीयार,पुर्ण वहादुर महतो, चुणामणी पन्जीयार, प्रेम वहादुर थनेत, रहेका छन । यस्तै पक्राउ परेका अन्य जुवाडेहरुमा जीतलाल थनेत,कमल थनेत,शेर बहादुर पन्जीयार, बलिराम पन्जीयार,सत्य नारायण महतो र कृष्ण थारु रहेका छन ।
जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका अनुसार कार्यालय बाट खटिएको प्रहरी टोली गस्ती गर्दै जाने क्रममा सोही स्थानमा रहेको जीतलाल थनेतले सञ्चालन गरेको नवलपुर खाजा घरमा जुवातास खेलि रहेको अवस्थामा उनीहरुलाई नगद सहित पक्राउ गरेको थियो । पक्राउ परेका उनीहरुमाथि जुवा मुद्दामा अनुसन्धान भई रहेको कार्यालयका सूचना अधिकारी दिलिपकुमार गिरीले जानकारी दिए ।