काठमाडौँ । नेकपा एमालेको जारी १३ औ बैठकले विधान अधिवेशन साउन २५ देखि २७ गतेसम्म काठमाडौँमा गर्ने निर्णय गरेको छ ।
विधान अधिवेशनका लागि अध्यक्ष केपी ओलीलाई राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेललाई साङ्गठनिक प्रतिवेदन, उपमहासचिव विष्णु पौडेललाई विधान संशोधन र नेता रामबहादुर थापा बादललाई व्यवस्थापनको तयारीको जिम्मा बैठकले दिएको छ ।
बैठकले पार्टी सदस्यता नवीकरण असार मसान्तसम्म गर्ने र केन्द्रीय कार्यालयले अन्तिम नामावली साउन ५ गतेसम्म बुझाउने निर्णय पनि गरेको छ ।
एमाले बैठकले आउँदो भदौ ५ गते वडा र भदौ १५ गते पालिकामा पार्टी अधिवेशन गर्ने तथा पार्टीका विभागहरुको गठनलाई स्थायी कमिटीबाट अन्तिम रूप दिने निर्णय गरेको छ ।
बैठकले निर्वाचनको तयारीमा जुट्न सिङ्गो पार्टी पङ्क्तिलाई निर्देशन दिएको छ ।