सौराहा । सौराहामा बगाएर ल्याएको वेवारिसे शब भेटिएको छ । स्थानीय रुपनारायण चौधरीको खेतमा अन्दाजी ४५ बर्षको एक पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ ।
कालो ज्याकेट, निलो जिन्सको हाफ पाइन्ट लगाएका ती व्यक्तिको शब बिहिबार बाढीले बगाएर ल्याएको अनुमान छ । हालसम्म शबको पहिचान हुन सकेको छैन ।