रत्ननगर । नेपाल विद्युत प्राधिकरण टांँडी वितरण केन्द्र अन्तर्गत रहेका स्थानहरुमा भोलि शनिबार बिहान ७ बजेदेखि बेलुका सातबजेसम्म विद्युत आपुर्ति अवरुद्ध हुने भएको छ ।
आज वितरण केन्द्रले सूचना जारी गर्दै नयांँ ब्रेकर जडान र मर्मत कार्यका लागि विद्युत अवरुद्ध हुने जानकारी दिएको हो । पर्सा सबस्टेशन सटडाउन गर्नुपर्ने भएकोले यस सबस्टेशन अन्तर्गत पर्ने क्षेत्रहरुमा मा विद्युत अवरुद्ध गर्न लागिएको हो । बिहिबार आएको बर्षा र बाढीले सबस्टेशनमा क्षति पुरयाएपछि यसको मर्मत कार्य थालिएको छ ।
यस सवस्टेशन बाट सञ्चालित टांँडी, पर्सा चैनपुर सौराहा अन्तर्गतका फिडरबाट आपुर्ति हुने विद्युत अवरुद्ध हुनेछ । जसअनुसार पदमपुर, पर्सा, ध्रुबचोक,सिमलढाप, हात्तीगाडे, शक्तिखोर जिरौना, पञ्चकन्या , लौरीघोल, ज्यामिरे, सौराहाचोक, भक्तिनी बगैंचा, चित्रसारी लगायतका क्षेत्रहरुमा विद्युत आपूर्ति बन्द हुने भएको हो । जडान र मर्मत कार्य चाँडैनै सकिएमा विद्युत आपुर्ति तोकिएको समय भन्दा अगावै सुचारु गरिने वितरण केन्द्रले जनाएको छ ।