चितवन । यसपटक भरतपुर महानगमा जित्ने उमेदवारले कति मत ल्याउनुपर्ला ? यो विषय सबैको लागि कौतुहलता बनेको छ । भरतपुर महानगरपालिकामा अघिल्लो चुनाबमा राप्रपा तेस्रो स्थानमा थियो । सो पार्टीका मेयर, उपमेयर र वडाध्यक्षहरूको कुल मतमा तात्विक अन्तर देखिदैन ।
राप्रापाले मेयरमा ६८४२ र उपमेयरमा ७२५२ मत ल्याएको थियो । वडाध्यक्षहरूले २९ वटै वडाहरूमा पाएको मत जोड्दा ६८ सयको हाराहारीमा छ । अहिले त्यो बेला मेयर उठेका बद्री तिमिल्सिना माओवादीमा छन् । राप्रपा विभाजित छ । त्यो बेला माओवादीका वडाध्यक्षहरूले ल्याएको कुल मत जोड्दा २१ हजारभन्दा बढी छ । एमाले र काँग्रेसका वडाध्यक्षहरूको कुल मत लगभग समान जस्तो ३८ हजारभन्दा बढी देखिन्छ । तालमेल भएका कारण माओवादी काँग्रेसको एकीकृत मत ६० हजार थियो भन्न मिल्ला ।
मेयरमा माओवादीका उम्मेद्वार रेनु दाहालले ४३ हजार१२७ मत र उपमेयरमा काँग्रेसका पार्वती शाहले ४७ हजार १९७ मत ल्याएका थिए । एमालेको मेयरमा ४२ हजार ९२४ र उपमेयरमा ३९ हजार ५२५ मत आएको थियो । अहिले एमाले पनि विभाजित भएको अवस्था छ । भरतपुरमा त्यो बेलाको भन्दा झण्डै ३५ हजार नयाँ मतदाता थपिएका छन् ।

चुनाव विगतका तथ्याङ्कका आधारमा मात्र जितिदैन । पार्टीको संगठानिक सक्रियता र उम्मेद्वारको लोकप्रियता जस्ता विषयले पनि भुमिका खेल्ने देखिएको छ । भरतपुरमा अहिले चुनाब जित्न उम्मेद्वारले ६५ हजारको हाराहारीमा मत ल्याउनु पर्ने देखिएको छ । मोटामोटी ६५ हजारको हाराहारीमा अहिले मत ल्याउने जोकोही उमेदवारले जित्ने सम्भावना बढी छ ।
चुनावमा के पनि हुँदो रहेछ भने अघिल्लो पटक भरतपुरमा कुल १ लाख १२ हजार ८९७ मत खसेको थियो । तर मेयरमा उठेका सवै उम्मेद्वारले पाएको मत जोड्दा ९४ हजार ७४२ र उपमेयरका सवै उम्मेद्वारको मत ९५ हजार १९७ थियो । त्यो बेला १८ हजार जति मतदाताले मेयर उपमेयरमा मतै नदिएको पाइयो ।