चितवन । असार १७ गते परेको अबिरल वर्षाको कारण पूर्वी चितवनका विभिन्न स्थानका मानिसहरुको प्रहरीले उद्धार कार्य जारी गरेको छ ।सोही क्रममा रत्ननगर-८ स्थित रमाइलोडाँडामा रहेको सुकुमबासी बस्तीमा डुबानमा परेकी सुत्केरी महिलालाई उद्धार गरी सुरक्षित स्थानमा ल्याइएको प्रहरीले जनाएको छ ।
यस्तै, खैरहनी-१ स्थित सकुमबासी बस्तीका १५९ जना मानिसहरुलाई उद्धार गरी सुरक्षित स्थानमा ल्याइएको चितवन प्रहरीले जनाएको छ ।