चितवन । कालिकामा बाढी पहिरोका कारण झन्डै २० करोडको क्षति भएको अनुमान गरिएको छ ।
उक्त नगरपालिकामा सडक अवरुद्ध हुँदा १० र ११ मा बासिन्दाहरु एक ठाउँबाट अर्को ठाउँमा जान सकेका छैनन् । कालिकाको वडा नं ८ को पुल बगाएको छ । कालिकामा प्रायः सबै वडाहरु डुबानमा परेका छन् भने धेरै पशुहरु बाढीपहिरोमा परेर मरेका छन ।
कालिका नगरपालिका प्रमुख खुमनारायण श्रेष्ठले आज बसेको विपद् व्यवस्थापन समितिको बैठकले क्षतिको विवरण निकाल्ने निर्णय गरेको बताए ।
कालिका वडा नं ६ का वडाध्यक्ष विनोद रेग्मीका अनुसार कालिकाका विभिन्न वडामा समस्यामा परेका स्थानीयको उद्धार कार्य जारी राख्ने र अस्थायी तटबन्ध गर्ने काम भइरहेको छ ।

