चितवन, दुई महिनापछि सञ्चालनमा आएको भरतपुर विमानस्थलमा बर्षाका कारण उडान हुन सकेको छैन । हाल बुद्ध एयरको तीनवटा ४७ सिटे जहाजका लागि सबै सिट प्याक भएपनि उडान गर्न नसकिएको बुद्ध एयरले जानकारी दिएको छ ।
विमानस्थल प्रमुख योगेन्द्र कुँवरले कोभिड नियन्त्रणको सुरक्षा मापदण्ड कार्यविधिअनुसार विमानस्थलमा उडान सुरु गर्न लागिएको जानकारी दिएका थिए । स्थानीय प्रशासनले गत वैशाख १६ गते रातिदेखि चितवनमा निषेधाज्ञा जारी गरेसँगै उडान बन्द भएको थियो ।
बुद्ध एयर भरतपुरका प्रबन्धक भक्त बहादुर बस्नेतले आजदेखि सुरु गर्न लागिएको तीन उडान बर्षाले अवरुद्ध बताए जानकारी दिए । आज भरतपुर–काठमाडौँको लागि ११ः ३०, १ः४० र ३ः ५० मा उडान तय भएको थियो । आज उडान हुन नसकेपनि मौसम अनुकुल भएपछि शनिबार उडान नियमित हुने विमानस्थलले जनाएको छ । यद्यपि यति एयरले ७२ सिटे जहाज सञ्चालनमा ल्याइन लागेकोले केही दिन पूर्ववत भईरहेको उडान नभर्ने जनाएको छ ।
दैनिक छ वटासम्म चितवन–काठमाडौँ उडान हुँदै आएकामा अहिले तीन मात्र उडान तय गरिएको उनले बताए । उनका अनुसार स्वास्थ्य मापदण्ड पूर्णरूपमा पालना गरी उडान गरिने छ ।