चितवन । चितवनको कालिका नगरपालिकामा पहिरोले पुरिएर एक चेपाङ्ग पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा कालिका नगरपालिका वडा नम्बर ११ दानेटारका अन्दाजी ५२ वर्षीय ज्ञानबहादुर चेपाङ रहेका छन ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज दिउँसो २ बजे आफ्नो घरबाट आफन्तको घरतर्फ जाने क्रममा एक्कासी माथिबाट खसेको पहिरोले उनलाई पुरेको थियो । खोज तलासको क्रममा पहिरोले बगाएको स्थानमा भन्दा केही तल घैयाबारी भन्ने स्थानको खोलाको छेउमा उनको शव फेला परेको प्रहरीले जनाएको छ ।