भरतपुर। राप्ति नगरपालिका ९ रसौली स्थित लदरी खोलाले घर बगाएको छ।
गएराती देखि परेको बर्षाका कारण एक्कासी पानीको बहाब बढ्दा राप्ति ९ कै भरत कुमार क्षेत्रीको ४ कोठे एकतले टिनले छाएको घर बगाएको छ। त्यस्तै सोहि ठाउमा दिपक तिवारीको टिनले छाएको घरमा पानी पसी घर भित्र चार्ज गरी राखेको मोबाईल ४ थान र घर नजिकै रहेको ट्वाईलेट र कटेज बगाएको बगाएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ।यस्तै सोहि ठाउ निवासी कृष्ण बहादुर श्रेष्ठको ३ वटा र बम बहादुर बिकको ३ वटा बंगुर त्यस्तै हिरा श्रेष्ठको अस्थायी रुपमा त्रिपाल टाँगेर बनाएको खाजा पसल बगाएको छ।