चितवन । चितवनमा आज बिहान चट्याङ्ग लागेर राप्तीमा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा राप्ती नगरपालिका वडा नम्बर ९ की ४५ बर्षीया बिजुली माया श्रेष्ठ रहेकी छिन ।
जिल्ला प्रहरी कार्यालय, चितवनका अनुसार घर नजिकै रहेको खेतमा धान रोप्न जाने क्रममा सांँढे ८ बजे चट्याङ्ग लागेर गम्भिर घाईते भएकी थिइन । उपचारका लागि भरतपुर अस्पताल ल्याउंँदै गर्दा बाटामै मृत्यु भएको प्रहरीले जनाएको छ ।