राप्ती। चितवनमा पहिरोले तीन घर बगाउदा दुई जनाको मृत्यु भएको छ भने ३ जना बेपत्ता भएका छन् ।
पूर्वी चितवनको राप्ती नगरपालिका–१२ का कृष्णलाल चेपाङ र मोतिलाल चेपाङको घर पहिरोले बगाएको छ । पहिरोले सो घरहरुमा बस्दै आएका चार जनालाई बगाएको छ ।जसमध्ये एक जना पुरुषको शव भेटिएको छ भने ३ जना अझै बेपत्ता रहेको राप्ती–१२ का वडाध्यक्ष अर्जुन चेपाङले जानकारी दिनुभयो ।
मृतकको पहिचान हुन नसकेको उहाको भनाइ छ । पहिरोले बगाएको घरमध्ये एउटामा एक जना र अर्कोमा ३ जना रहेका थिए । यस्तै राप्ती–१२ कै फूलडाँडामा पनि लालबहादुर चेपाङको घरमा पहिरोले क्षति पु¥याएको छ ।यस्तै कालिका नगरपालिका–११ का ५० वर्षीय ज्ञानबहादुर चेपाङको पहिरोमा परेर मृत्यु भएको छ । बाङचोती खोलामा पहिरोले बगाएर चेपाङको मृत्यु भएको उनका आफन्त समेत रहेका वडाध्यक्ष अर्जुन चेपाङले जानकारी दिए ।