चितवन। गीता गुरुङ इच्छाकामना गाउँपालिकाकी नेपाली कांग्रेसबाट निर्वाचित गाउँपालिका प्रमुख हुन् । उनले २०७४ सालको स्थानीय तहको निर्वाचनमा ३ हजार २५४ मत ल्याएर प्रतिद्वन्दी एमाले उम्मेद्वार नारायणप्रसाद अधिकारीलाई पराजित गराएकी थिइन् । गाउँपालिका प्रमुख गुरुङले प्रतिद्वन्दी अधिकारीलाई १९३ मतले हराएकी थिइन् ।
अधिकारीले यसअघिको निर्वाचनमा निर्वाचित हुनु अघि र भइसकेपछि गाउँपालिका प्रमुख गुरुङले गर्छु भनि प्रतिवद्धता जनाएका कामको समिक्षा गरेका छन् । गाउँपालिका प्रमुख गुरुङले इच्छाकामनामा विकासका लागि के कस्ता काम गरिन् भन्ने विषयमा अधिकारीले चितवन प्रेससँग गरेको समीक्षा उनकै शब्दमा ।
गाउँपालिका प्रमुखज्युले निर्वाचित भएपछि जनतालाई जस्तो खालको प्रतिवद्धता व्यक्त गर्नुभएको थियो त्यो सबै पुरा हुन सकेको छैन । उहाँले जित्नुभएपछि आश्वासन दिनुभएको घोषणपत्र सबै लुकाइयो । सानातिना सडक, खानेपानी, स्वास्थ्य चौकी, विद्यालय र गाउँपालिको मुख्य भवनमा जिल्ला विकास समितिले लगानी गरेको छ । यहाँ सामान्यतया किसानहरुलाई कृषिका लागि भने केही राम्रो गर्नुभएको छ । जनताका ब्यापक माग छन् । आवश्यकता पनि उत्तिकै छन् । उहाँले जनताका माग पुरा गरेँ भन्न मिल्दैन ।
यस अघिको निर्वाचनमा हामीले जितेको हुन्थ्यौँ भने घोषणापत्रमा भएका कुराहरु पुरा गर्ने प्रतिवद्धता गरेका थियौँ । शतप्रतिशत काम सकिन्थ्यो ! त म भन्दिन, तर निरन्तर जनताको चासो र गुनासोलाई लिएर यस ठाउँको विकास गर्थ्यौं । शतप्रतिशत काम सकिन्छ भन्नु असम्भव हो । त्यो उहाँले पनि सक्नुभएको छैन । आवश्यकताहरु आज एउटा देखिन्छ भोली अर्को थपिन्छ । सबै माग र आवश्यकता पुरा गर्न त सम्भव पनि हुँदैन । तर पनि हामीले भए अवश्य गर्थ्यौं।
इच्छाकामनामा शिक्षामा गुणस्तरीयता छैन् । शिक्षाको क्षेत्रमा गाउँपालिका प्रमुखले लगानी गर्नुपर्थ्यो । शिक्षामा त्यस्तो खालको लगानी भएको छैन् । शिक्षामा कांग्रसीकरण गर्नुभएको छ । विद्यालयमा शिक्षक नियुक्त गर्दा पार्टीगत चलखेल भएको छ । अनुगमन भएको छैन् । शिक्षाको गुणस्तरलाई ख्याल गरिएको छैन् ।
आफ्ना मान्छेलाई सुगम ठाउँमा ल्याउने अरुकोलाई चाहिँ दुर्गममा पु¥र्याइदिने ! विपक्षीलाई सकभर स्थान नदिने जस्ता कामहरु देखिन्छन् । यसको नराम्रो असर उहाँलाई पनि परेको छ ।
इच्छाकामनामा शिक्षामा गुणस्तरीयता छैन् । शिक्षाको क्षेत्रमा गाउँपालिका प्रमुखले लगानी गर्नुपर्थ्यो । शिक्षामा त्यस्तो खालको लगानी भएको छैन् । शिक्षामा कांग्रसीकरण गर्नुभएको छ । विद्यालयमा शिक्षक नियुक्त गर्दा पार्टीगत चलखेल भएको छ । अनुगमन भएको छैन् । शिक्षाको गुणस्तरलाई ख्याल गरिएको छैन् ।
विद्यालयको स्तरोन्नती, कक्षाकोठा व्यवस्थापन, विद्यालय कम्पाउण्डिङ, छात्रवृत्ति जस्ता शैक्षिक गुणस्तरमा उहाँको ध्यान गएको छैन् । शिक्षाको गुणस्तरमा उहाँले वेवास्ता गरिएको छ ।
चेपाङ बस्तीमा भुकम्पले क्षति पुर्याएका सबैका घरहरु पूनःनिर्माण प्राधिकरणलेनै बनाइदिएको छ । चेपाङका ३०० घरहरु विस्तार र टिनले छाउने काम पनि संघिय सरकारकै बजेटबाट भएको छ । वडा नम्बर ७ भालुमारामा मान्छेहरु राखेँ भन्नुभएको छ, त्यसमा राष्ट्रपति चुरे संरक्षण अन्तर्गत १० प्रतिशत बजेट गाउँपालिकाले हाल्ने गरी आवास व्यवस्थापन भएको छ । त्याहाँ अहिले मानिससहरु बसोबास गर्न थालेका छन् ।
उहाँले केही ठाउँमा अस्थायी स्वास्थ्य चौकी निर्माण गर्नुभएको छ । धेरैजसो ठाउँमा निर्माण हुनै बाँकी छ, तर कर्मचारीहरु पठाउने काम भने भइसकेको छ । स्वास्थ्य चौकीका लागि पनि जिल्ला विकास समितिले ६० प्रतिशत लगानी रहेको छ । उहाँका कारणले गर्दा जिल्ला विकास समितिले लगानी गरेको ठाउँमा पनि कार्यालयहरु बन्न सकेका छैनन् । उहाँले वडाहरुमा सहजिकरण गर्न नसक्दा वडा नम्बर ६ को कार्यालय र वडा नम्बर २ मा स्वास्थ्य चौकी बन्न सकेन। उहाँले संघीय सरकार र प्रदेश सरकारबाट बजेट माग्ने कुरामा फेल हुनुहुन्छ । उहाँले पहल समेत गर्नुभएन । इच्छाकामनाको समृद्धिका लागि उहाँ यो कुरामा अलिकति पछि हट्नुभएको छ ।
बाटोघाटोको कुरा गर्ने हो भने केही ठाउँमा ट्रयाक खोल्ने काम भएका छन् । स्तरोन्नतीको काम चाहिँ भएको छैन् । उहाँले कोरोना भाइरसको महामारीको समयमा जतिसक्दो राम्रो काम गर्नुभएको हो । खोप उपलब्ध गराउने, खोप दिलाउने, क्वारेन्टिन व्यस्थापन गर्ने जस्ता काम त गर्नुभएकै छ । हुन नसकेका सुक्ष्म कुराहरु पनि धेरै छन् । समग्रमा हेर्दा शिक्षाको क्षेत्रमा बाहेक अन्य क्षेत्रमा उहाँले राम्रै काम गर्नुभएको देखिन्छ ।

