चितवन । खैरहनी नगरपालिका वडा नम्बर १ वेल्सीमा रहेको चितवनकै ठूलो बाबा ग्यास उद्योगमा कयर खोला पसेर क्षति पु¥याएको छ ।
कयर खोलाले उद्योगमा रहेका प्लान्ट , र भण्डारण गरेर राखिएका सिलिण्डर क्षति पु¥याएको छ । उद्योगका निर्देशक बिमल
कालाखेतीका अनुसार त्यहाँका धरै सिलिण्डर डुबाएको र बगाउ नुका साथैलाखौंको क्षति अनुमान गरिएको छ । जानकारी दिए । यहाँका सिलिण्डर वगाएर सौराहा सम्म पुगेका छन् ।”वाढीले उद्योगको संरचनामा समेत क्षति पु¥याएको छ । बाढीले प्लान्ट भित्र रहेका मजदुरलाई उद्धार जारी रहेको कालाखेतीले बताए । अहिले प्रहरी, सेना, विपदव्यवस्थापन सहतिको टोली र शसस्त्र हरुले ३० जना कर्मचारीलाई उद्धार गर्नुभयो । कालाखेतीले भने ।
उद्योगमा औष १० देखि १५ हजार सिलिण्डर रहने गर्दछ । के कति सिलिण्डर वगायो र अन्य क्षती के कति छ भन्ने बारेमा एकिन जानकारी भइनसकेको उनले बताए । ‘कति क्षति भयो भन्ने अहिले एकीन छैन उनले भने , अहिले हामी उद्योगसंँग जाने सक्ने अवस्थानै छैन ।’ उद्योग करीब ३ विघा क्षेत्रफलमा फैलिएको छ । यहांँ दैनिक पांँच हजार सिलिण्डर ग्यांँस भरिदै आएको छ । जहांँ ५० भन्दा बढीले प्रत्यक्ष रोजगारी पाएका छन । देशभर बिक्री सञ्जाल रहेको यो उद्योगको लगानी अर्ब भन्दा बढी रहेको उनले बताए । उद्योगमा कयर खोला एक्कासी उर्लेर बिहान ६ बजे बाढी पसेको र डुबानमा परेको हो ।
प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले निरन्तरको वर्षाका कारण पूर्बी चितवनको खैरहनी संँगैै रत्ननगर, राप्ती र कालिका नगरपालिका प्रभावित भएको बताए । उद्योग पूर्वी चितवनका अधिकांश खोला उर्लेपछि प्रभावित र संभावित जोखिम क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी र शशस्त्र प्रहरी उद्धारका लागि खटिएको लामिछानेले जानकारी दिए ।
जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटीका अनुसार पूर्बी चितवनका खगेरी, कयर र लदरी खोलाले खैरहनी नगरपालिका वडा नम्बर १,२,३,८ र ९ संगै रत्ननगर नगरपालिकाको वडा नम्बर ३ शान्ति चोकमा डुवान भएको छ । कतिपयलाई उद्धार गरि सुरक्षित स्थानमा लगिएको छ । लदरी खोलाको चैनपुर चोकबाट भित्र रहेको नयाँ पुल बाढीले वगाएको छ । लोथर र राप्ती खोला समेत वढ्दै गएको भन्दै उहाँले सौराहा पनि डुवानको खतरा बढ्दै गएको डल्लाकोटीले जानकारी दिए ।