चितवन, भारीका बर्षाका कारण भरतपुर महानगरपालिका वडा नम्बर ११ मा रहेको सबस्टेशन डुबानमा परेको छ । नेपाल विद्युत प्राधिकरण हेटौंडा ग्रिड महाशाखा अन्तर्गतको सबस्टेशन डुबानमा परेको सबस्टेशनका प्राविधिक पोषण खड्काले जानकारी दिए ।
सो सबस्टेशनबाट चितवन जिल्ला र आधा नवलपरासी जिल्लामा विद्युत वितरण हुने गर्दछ । पानी पर्न नरोकिए डुबान भइरहे विद्युत अबरुद्ध हुनसक्ने खड्काले बताए । सो सबस्टेशन यसअघिका बर्षहरुमा पनि डुबान हुने गर्दथ्यो ।