चितवन ।पूर्वी चितवनका राप्ती,खैरहनी र रत्ननगर नगरपालिकाका विभिन्न क्षेत्रमा सयौं घर डुबानमा परेका छन । पूर्वपश्चिम राजमार्ग अबरुद्ध बनेको छ भने सडक माथिबाट पानी बगिरहेको छ ।
चितवनका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले आफुहरु स्थलगत अवलोकनमा रहेको भन्दै सयौं घर डुबानमा परेको बताए । अहिलेसम्म मानविय क्षति भने भएको छैन । उनले पानी पर्ने क्रम नरोकिए थप क्षेति हुनसक्ने भन्दै सर्तक रहन जिल्लाबासीलाई आब्हान गरेका छन । डुबान र बाढीको जोखिम बढेपछि स्थानीय तह तथा प्रशासनले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।