चितवन । चितवनको राप्ती नगरपालिका एमालेको लालकिल्ला मानिन्छ । नेकपा एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेको गृह नगरी । हिजो जागृतप्रसाद भेटवालको पालादेखिको एमालेको गढको रुपमा चिनिएको राप्ती नगरपालिका चितवन क्षेत्र नम्बर १ मा पर्छ । जहाँबाट नेता सुरेन्द्र पाण्डे संघीय निर्वाचनमा निर्वाचित भइरहेका छन् ।
२०७४ को निर्वाचनमा राप्ती नगरपालिकाको मेयर पदमा एमालेकी प्रभा बराल भारी मतले विजयी भइन् । राप्तीको मेयर भएपछि बरालले काम उत्कृष्ट ठहरिएको छ । उनले राप्तीको एमाले गढलाई कायमै राखेकी छन् । कामको हिसाबले पटकपटक सम्मानित भएको राप्ती नगरपालिकामा कुन पार्टीको तागत कस्तो छ ?
२०७४ मा मेयरमा प्रभा बराल ११ हजार ६१३ मत ल्याएर विजयी भएकी हुन् । उनको प्रतिद्वन्द्वी काँग्रेसका किरणभुषण ओलीले ७ हजार २९२ मत ल्याए । माओवादी केन्द्रका रामचन्द्र पाठकले २ हजार ४९५ मत ल्याए । राप्रपाकी मिराकुमारी बर्तौलाले जँम्मा ३३५ मत ल्याइन् । यो चुनावलाई हेर्ने हो भने राप्तीलाई एमालेको लालकिल्ला नै भन्न सकिन्छ ।
राप्ती नगरपालिकामा अहिले १० हजार ६५१ मतदाता बढेका छन् । २०७४ मा राप्ती नगरपालिकामा २९ हजार ९९८ मतदाता थिए । अहिले मतदाता संख्या बढेर ४० हजार ६४९ पुगेको छ । एमालेले बढेका आधाभन्दा बढी मतदाता आफ्नो पक्षमा रहेको दावी गरेको छ । पहिलेका र थपिएका मतदातासहित २० हजार मतदाता आफ्नो पक्षमा रहेको एमाले राप्तीको दावी छ । एकीकृत समाजवादीले काट्ने मतभन्दा तेब्बर मतदाता अन्य पार्टीबाट आएका एमालेको भनाइ छ ।
हाल थपिएका १० हजार मतदातामा ७० प्रतिशतभन्दा बढी मतदाता अहिलेको गठबन्धनका उम्मेदवारलाई भोट हाल्ने अवस्था आयो भने एमालेले पराजय भोग्नुपर्ने अवस्था पनि आउनसक्छ, तर एमालेले यसलाई स्वीकार गर्दैन । थपिएका मतदातामध्ये ४० प्रतिशत मतदाताले पनि एमालेलाई मतदान गरे पनि एमालेको जित सुनिश्चित देखिन्छ ।
‘एकीकृत समाजवादीले एमालेको एक हजार भोट पनि काट्ने अवस्था छैन, थपिएका मतदातामा आधाभन्दा बढी एमालेका मतदाता छन्’ राप्तीका एक एमाले नेताले भने, ‘जसपा र जनमोर्चाको मत सयमा गन्न सकिन्छ ।’ सर्सर्ती हिसाब गर्दा पहिलेको कांग्रेसको ७ हजार २९२ मत, माओवादी केन्द्रले पाएको मत २ हजार ४९५ मत, सयको हाराहारीमा रहेको जसपा र जनमोर्चाको मत गणना गर्दा पनि एमालेको मत बढी देखिन्छ ।
हाल थपिएका १० हजार मतदातामा ७० प्रतिशतभन्दा बढी मतदाता अहिलेको गठबन्धनका उम्मेदवारलाई भोट हाल्ने अवस्था आयो भने एमालेले पराजय भोग्नुपर्ने अवस्था पनि आउनसक्छ, तर एमालेले यसलाई स्वीकार गर्दैन । थपिएका मतदातामध्ये ४० प्रतिशत मतदाताले पनि एमालेलाई मतदान गरे पनि एमालेको जित सुनिश्चित देखिन्छ । कुल १२ वटा वडा रहेको राप्तीमा २०७४ मा १० वटा वडामा एमाले र २ वटा वडामा काँग्रेसले जितेको थियो । माओवादी केन्द्र वडा तहसम्मै शून्य छ । राप्तीमा एमालेको बलियो प्रभाव रहेका कारण आसन्न निर्वाचनमा पनि सत्तारुढ गठबन्धनबीच तालमेल भए पनि राप्तीमा एमालेको जित नजिक देखिन्छ ।

