चितवन । नारायणगढ मुग्लिनसडक खण्ड अन्र्तगत चारस्थानमा भन्दा बढीमा पहिरो गएको छ । पहिरोको कारण यो सडकखण्ड पूर्णरुपमा अवरुद्ध भएको छ । अबिरल बर्षाका कारण गएराती २ः१० बजेदेखि घोप्टेभीर, दुईनम्बर पुल, चार किलो , पांँच किलो लगायतका स्थानमा पहिरो झर्न थालेको थियो ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बिहान पांँच बजेदेखि मुग्लिन तिरबाट एउटा डोजर र नारायणगढ तर्फका दुई डोजरले पहिरो पन्छाउने कार्य भईरहेको छ । ‘अब एकतर्फी सञ्चालन हुन एक घण्टा लाग्छ होला, मुग्लिनका प्रहरी सहायक निरीक्षक नरहरी अधिकारी ले भने, म फिल्डमै छु घोप्टेभीर र दुईनम्बर पुलको पहिरो पन्छाएर चारकिलोको गर्दैछौं ।’
हाल काठमाडौबाट जाने सवारीसाधनलाई मुग्लिनमा रोकिराखिएको र नारायणगढबाट मुग्लिनतर्फ जाने सवारीसाधनलाई जुगेडी र सिमलतालमा रोकिएको प्रहरीले जानकारी दिएको छ ।