चितवन । चितवनमा पछिल्लो समयमा लागुऔषध कारोबार र ओसारपसारमा बृद्धि भएको पाईएको छ । जिल्ला प्रहरी कार्यालय, चितवनले दिएको तथ्यांक अनुसार गत आर्थिक बर्ष ०७६, ०७७ भन्दा चालु आर्थिक बर्ष ०७७ , ०७८ मा उल्लेख्य रुपमा अवैध लागु औषध कारोबार बढेको देखिएको हो ।
लागुऔषध कारोबारमा गतबर्ष प्रहरीले पुरुष १२० जना र महिला ८ जना गरी १२८ जना पक्राउ गरेको थियो । उक्त बर्षमा लागुऔषध कसुरमा ८५ वटा मुद्धा दर्ता भएका थिए । यस्तै चालु आर्थिक बर्षमा पुरुष १२८ जना र महिला ६ जना र बालक २ जना गरी १३६ जनालाई पक्राउ गरेको छ भने असारको दोस्रो सातासम्म ९५ वटा मुद्धा दर्ता भएका छन । लागुपदार्थ प्रयोगकर्ता र कारोबार बढेसंँगै बरामद परिमाणमा पनि बृद्धि भएको प्रहरीको तथ्यांकले देखाएको छ ।
तथ्यांक अनुसार गतबर्ष प्रहरीले लागुऔषध डाईजेपाम ८६४ एम्पुल बरामद गरेकोमा चालु आर्थिक बर्षको असारको दोस्रो सातासम्म १ हजार २सय ४९ डाइजेपाम एम्पुल बरामद भएको छ । यस्तै गतबर्ष चितवन प्रहरीले व्युप्रिनोर्फिन ८६१ एम्पुल बरामद गरेकोमा यसबर्ष १ हजार २३५ एम्पुल , गतबर्ष खैरो हिरोइन२१५ मिलिग्राम, यसबर्ष २२ ग्राम १६८ मिलिग्राम, गतबर्ष नाइट्राजेपाम १ हजार पांँचसय १३ ट्याबलेट यसबर्ष १ हजार ६९६ ट्याबलेट बरामद भएको छ भने गतबर्ष प्रहरीले ११४ केजी पाँचसय १६ ग्राम गांँजा बरामद गरेकोमा यसबर्ष यो परिमाण बढेर ७७२ केजी ३०० ग्राम बरामद भएको जानकारी दिएको छ ।
यस्तै गतबर्ष चितवन प्रहरीले तालजेसिक एम्पुल पांँच थान,चरेस पांँच ग्राम, फेन्सिडिल हजार मिलिलिटर,स्प्यास्मो प्रोक्सीवन १४ थान बरामद भएको थियो भने यस बर्ष प्रहरीले अन्य नयांँ थप लागुऔषध बरामद गरेको छ । जसअनुसार प्रोमाबेजिन ट्याबलेट ५९ थान,वाइरुफ सिरप सातसय मिलिलिटर, पाईभोन स्प्यासियस ८ ट्याबलेट ,अनेरेक्स सिरप १ हजार पांँचसय मिलिलिटर बरामद गरेको जानकारी दिएको छ ।
कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक सूर्य बहादुर थापाले गतबर्ष भन्दा यो बर्ष लागुऔषध ओसारपसार कारोबार बढेको बताए । ‘सेवनकर्ता बढेसंँगै कारोबार र परिमाणमा पनि बृद्धि हुदै गएको देखिएको छ । उनले भने, प्रहरीको थप सक्रियताले पनि पक्राउ संख्याामा बृद्धि भएको हुनसक्छ ।’ पछिल्लो समय २५ बर्षदेखि ३५ बर्षका युवापुस्ता लागु औषध सेवन गर्ने गरेको र पछि ती आफंै कारोबार र ओसारपसारमा संलग्न रहेको अनुसन्धानबाट देखिएको थापाको भनाई छ ।
लागुऔषध कारोबारमा संलग्नलाई कसुरको प्रकृति , परिमाणका आधारमा सोही अनुसार मुद्धा चलाई सजायंँ हुने थापाले जानकारी दिए ।

