चितवन। चितवनमा जारी निषेधाज्ञा फेरी थप भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले जारी निषेधाज्ञालाई असार १७ गते राति १२ बजेसम्मको लागि लागु हुने गरी थप गरेको हो ।
निषेधाज्ञालाई केहि खुकुलो बनाउँदै लम्ब्याएको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ । निजी सवारी साधनको सञ्चालनमा जोर विजोर प्रणाली लगाइएको छ भने हप्ताको तीन बार मात्रै केहि पसल सञ्चालन गर्न पाउने गरी निषेधाज्ञा थपिएको छ ।
असार १० गते राति १२ बजेपछि जोर गते जोर नम्बर र विजोर गते विजोर नम्बरका सवारी साधन सञ्चालन हुन पाउने छन् । यसरी सञ्चालन हुने निजी सवारी साधन सिट क्षमताको ५० प्रतिशत मात्रै यात्रु रहनेगरी सञ्चालन गर्न पाइने छ ।
jilla prasasan ko adesh078_3_9 lockdown chitwan