भरतपुर । भरतपुर महानगरपालिकाले अन्तरजातीय विवाह गर्ने दुई जोडीलाई मंगलबार नगदसहित सम्मान गरेको छ । यसअघि माडी नगरपालिकाले पनि अन्तरजातीय विवाह गरेका एक जोडीलाई सम्मान गरेको थियो ।
भरतपुर महानगरले अन्तरजातीय विवाह गरेका भरतपुर–२७ का उदय सुनार, प्रतिमा गुरुङ सुनार र भरतपुर–६ का दिपक बुढाथोकी र निशा परियार बुढाथोकीलाई नगद एक÷एक लाख सहित सम्मान गरेको हो ।