काठमाडौँ। विभिन्न पशुपंछीको आवाज निकालेर युट्युबमा भाइरल बनेकी महिलाको शव फेला परेको छ । काठमाडौंको दक्षिणकालीमा भेटिएको शवको पहिचान गर्ने क्रममा उनि पशुपंछीको आवाज निकालेर युट्युबमा भाइरल बनेकी महिला सन्तोषी सुब्बाको रहेको महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी चन्द्रकुवेर खापुङले जानकारी दिए ।
गत मंगलबार दक्षिणकालीको एक शौचालयबाट उनको शव बरामद गरेको थियो । पहिचान गर्ने क्रममा उनि सन्तोषी सुब्बा भएको पुष्टि भएको हो । टाउकोमा गह्रुँगो वस्तुले हिर्काएको र अनुहार क्षतविक्षत भएको अवस्थामा शव फेला परेको थियो ।
हत्याको आशंकामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।