चितवन। बाघको आक्रमणबाट माडी बाँदरझुलाका एकजना पुरूषको मृत्यु भएको छ ।
भरतपुर महानगरपालिका-२३ स्थित चितवन राष्ट्रिय निकुञ्ज अन्तर्गतको दोभान मध्यवर्ती सामुदायिक वनमा बाघले माडी नगरपालिका-९ बाँदरझुलाका ३९ बर्षिय सुरेश बि.क.लाई आक्रमण गर्दा उनको घटनास्थलमै मृत्यु भएको हो ।
सामूदायिक वनमा घाँस काट्न गएको बेला उनलाई बाघले आक्रमण गरेको थियो । मृतक विकको शव नजिकैको हरियाली सामुदायिक वनमा भेटिएको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए। शव पोष्टमार्टमका लागि भरतपुर अस्पतालमा राखिएको छ ।

