चितवन । चितवनमा बाघको आक्रमणमा परी एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा रत्ननगरनगरपालिका वडा नम्बर ५ मगर टोलकी गीता अधिकारी रहेकी छिन ।
जिल्ला प्रहरी कार्यालयले, चितवनले दिएको जानकारी अनुसार सोही वडाको जनकौली मध्यवर्ती सामुदायिक वनमा दिउसो सांँढे १ बजेतिर बाघले आक्रमण गर्दा मृत्यु भएको हो । उनी साथीहरुसंँगै निउरो टिप्न गएकी थिइन । हाल बाघलाई नियन्त्रणमा लिन निकुञ्जको हात्ती सहितको टोली डार्ट गरिरहेको प्रहरीले जनाएको छ ।